फाइल तस्वीर
काठमाडौँ, असार ९ गते । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि एक लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आठ सय १५ रुपैयाँ निर्धारण भएको छ ।