फाइल तस्वीर
तनहुँ, असार ९ गते । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई २८ लाख रुपैयाँ बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ । कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गर्नुभएको हो ।

अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा.बरालले जानकारी दिनुभयो । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।