फाइल तस्वीर
भरतपुर, असार ८ गते । नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा पहिरोका कारण अवरुद्ध हुन पुगेकोे सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी गराउनुभए अनुसार उक्त सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९को सिमलतालमा खसेको पहिरो हटाएपछि बिहान करिब साढे ५ बजेदेखि उक्त राजमार्ग दुइतर्फी सञ्चालनमा आएको हो ।

उक्त सडक खण्डमा राति करिब साढे १ बजे पहिरो खसेर अवरुद्ध हँुदा गन्तव्यका लागि हिंडेका सयौं सवारी साधनहरु बाटैमा रोकिएका थिए । अहिले बिहान दुवैतर्फ सडक खुलेपछि रोकिएका सबै सवारी साधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।