फाइल तस्वीर
काठमाडौँ, असार ६ गते । नेपाली काङ्ग्रेसले भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ८३ सदस्य मनोनयन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण दाहालको अध्यक्षतामा गठित सेनानी सङ्घमा उहाँहरुलाई आज मनोनयन गर्नु भएको काङ्ग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।