फाइल तस्वीर
काठमाडौँ, असार ५ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक यही असार ७ गते शुक्रबार बस्ने भएको छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा अपराह्न ३ बजे बस्ने भएको हो ।

बैठकमा सामसामयिक राजनीतिक विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ ।