काठमाडौँ, असार ५ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बुधबार बिहान ११ बजेका लागि बोलाइएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा सांसद पुष्पबहादुर शाहले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यसैगरी बैठकमा स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह र अर्का सांसद धु्रबबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

त्यसैगरी आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्तर्गत आज वन, शिक्षा, श्रम, सहरी विकास, रक्षा, खानेपानी र महिला बालबालिकामन्त्रीले जवाफ दिनुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।