फाइल तस्वीर
काठमाडौँ, असार ४ गते । सङ्घीय संसद् अन्तर्गत रहेको राष्ट्रियसभाको आजको बैठक सकिएको छ । राष्ट्रियसभाको अर्को बैठक असार ९ गते आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी आजको बैठक सकिएको हो ।

आज बसेको राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माद्वारा सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमा सहमतिका लागि पेश गरिएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।