फाइल तस्वीर संसदीय विशेष छानविन समितिको बैठक ।

काठमाडौँ, असार ४ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद् सूर्यबहादुर थापाको संयोजकत्वमा सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धमा अध्ययन गर्न गठित संसदीय विशेष छानविन समितिको बैठक बसेको छ । उक्त समितिको बैठक नयाँबानेश्वरस्थित सङघीय संसद् भवनमा बसेको हो ।

सहकारीको रकम अपचलन सम्बन्धमा छानविन गर्न गठित उक्त समितिले आजदेखि काम सुरु गर्ने बताइएको छ । सहकारीको बचत रकम अपचलन रकम छानविन गर्न गत जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय संसदीय विशेष छानविन समिति गठन गरेको थियो ।सर्वसाधारण नागरिकको रकम हिनामिना र अपचलन भएको सम्बन्धमा खोज तथा अनुसन्धान गरेर तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी तीन महिनाको समय सीमा निर्धारण गरिएको छ ।