प्रतिनिधिसभाको बैठकमा बोल्दे सांसद प्रदीप पौडेल ।

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद् प्रदीप पौडेलले विगतका सरकार र मन्त्रीहरुका कारणले वर्तमान व्यवस्थामाथि नकारात्मक टिकाटिप्पणी भइरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको आज मङ्गलबार बसेको बैठकमा बोल्दै सांसद् पौडेलले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

सांसद् पौडेलले गृह मन्त्रालयमा प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छ । नेतृत्वले भनिरहने कुनैपनि काम नहुने स्थिति बनेको भन्दै ‘नेतृत्वले भनिरहने कुनैपनि काम नहुने स्थिति बनेको छ । गृह मन्त्रालयको पनि चालु खर्च १ अर्ब १० करोड वृद्धि भएको छ, सार्वजनिक जग्गादेखि सुशासन कायम गर्ने सन्दर्भमा गृह मन्त्रालयले जुन स्पष्टता प्रस्तुत गर्नुपर्ने हो त्यो स्पष्टता प्रस्तुत नसकेको आरोप लगाउनुभएको छ ।

बैठकमा बोल्दै सांसद् पौडेलले ‘बजेट विनियोजनले आर्थिक अनुशासनलाई पालना गरेको देखिँदैन । खासगरी मन्त्री र सरकारहरुको कारणले गर्दा व्यवस्थामाथि सबैभन्दा बढी नकारात्मक टिकाटिप्पणी भएको बताउनुभएको छ । योजना छनौट र बजेट विनियोजनप्रति आफ्नो गम्भीर प्रश्न रहेको सांसद् पौडेलको भनाई थियो ।