काठमाडौँ, असार ४ गते । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।

आजको राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै संसद् सचिवालयले जारी गरेको कार्यसूची अनुसार “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने उल्लेख छ ।

444