फाइल तस्वीर
हेटौँडा, असार ३ गते । मकवानपुरमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । चट्याङमा परेर मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्की निवासी ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा आज बिहान ४ बजेतिर अचानक चट्याङ लागेर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते प्रजालाई उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।