फाइल तस्वीर
काठमाडौँ, असार ३ गते । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।

आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४२ हजार एक सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदी आज प्रतितोला एक हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार आठ सय २० रुपैयाँमा कारोबार भएको थियो ।