काठमाडौँ, असार २ गते । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संसद् भवन बानेश्वरमा आज आइतबार बिहान ११ बजेदेखि सुरु हुने भएको हो । आजको बैठकमा विनियोजित विधेयकमाथि मन्त्रालयगत छलफल जारी रहने छ ।

आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।