लुम्बिनी प्रदेश सरकारद्वारा आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य ।


सुर्खेत, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशसभाको आज शनिबार बसेको बैठकमा आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक गरिएको बजेटअनुसार चालूतर्फ ११ अर्ब २४ करोड रुपैयाँ, पुँजीगततर्फ २४ अर्ब ५८ करोड रुपैयाँ र व्यवस्थापनतर्फ ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

विनियोजित बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ७ अर्ब ५१ करोड रुपैयाँ सङ्घीय सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने १२ अर्ब १ करोड रुपैयाँ, रोयल्टी ५० करोड रुपैयाँ, स्थानीय तहबाट राजस्व बाँडफाँट २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

सङघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानवापत ८ अर्ब २८ करोड रुपैयाँ, ससर्त ४ अर्ब १९ करोड रुपैयाँ, समपूरक अनुदानबाट ७९ करोड रुपैयाँ र विशेष अनुदानबाट ७४ करोड रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको नगद मौज्दातबाट २ अर्ब परिचालन हुने अनुमान गरिएको छ ।