काठमाडौँ, जेठ ३२ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको हो । आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ ।

त्यसैगरी आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने भएको छ ।

संसद् सचिवालयले जनाए अनुसार आजको बैठकमा यी मन्त्रालयउपर सांसद्हरुले खर्च घटाउन प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेको छ । उक्त प्रस्तावहरूलाई पनि आजै निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

355