काठमाडौं, जेठ ३० गते । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संसद् भवन नयाँबानेश्वरमा अहिले बिहान ११ बजेबाट प्रारम्भ भएको हो । बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकमाथिको छलफल जारी रहनेछ ।

बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

यसअघि हिजोको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको थियो ।

जेठ १५ गते सार्वजनिक गरिएको बजेटमा हिजोदेखि मन्त्रालयगत छलफल सुरु भएको हो ।