तस्वीरमा प्रतिनिधिसभाको बैठक ।


काठमाडौँ, जेठ ३० गते । प्रतिनिधिसभाको चौँथो अधिवेशको १६ औँ बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बुधबार बिहान ११ बजे बैठक बस्ने भएको हो ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरू माथिको छलफल जारी रहनेछ । यो अधिवेशन बजेट अधिवेशन भएकाले छलफल विशेषगरी बजेटमाथि नै केन्द्रीत छ ।

आजको बैठकमा विभिन्न सांसदहरुले खर्च कटौतीमाथिको प्रस्तावमा छलफल हुने संसद सचिवालयबाट जारी कार्यसूचीमा उल्लेख गरिएको छ । सचिवालयका अनुसार आजको बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

हिजो बसेको प्रतिनिधिसभाको बैठकमा पनि विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको थियो ।

64646