मन्त्री पदको शपथ लिंदै फडिन्द्र देवकोटा र दीपक मनाङे ।

पोखरा, जेठ २९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । हिजो सोमबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएपछि आज मङ्गलबार उहाँले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री पाण्डेले आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रदेशसभा सदस्य बन्नुभएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र स्वतन्त्र सांसद् राजीव गुरुङ (उर्फ दीपक मनाङे) लाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रिद्वय देवकोटा र मनाङ्ले आजै प्रदेश प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त मन्त्री देवकोटाले माओवादीको ह्वीपलाई बेवास्ता गर्दै फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हिजो विश्वासको मत दिनुभएको थियो ।