तस्वीरमा प्रतिनिधिसभाको बैठक ।


काठमाडौँ, जेठ २९ गते । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज मङ्गलबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो ।

आज बस्ने बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

संसद सचिवालयद्वारा जारी सूचना अनुसार आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्नेलगायत सम्भावित कार्यसूची छ ।

बैठकमा विभिन्न सांसद्हरुले मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । उक्त प्रस्तावहरूलाई आजै निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जानकारी दिएको छ ।

p5757