काठमाडौँ, जेठ १८ गते । नेपाल कम्युनिस्ट पार्टीका सत्ता साझेदार दलका शीर्ष तीन नेताहरुबीच छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधमकुमार नेपालबीच भेटघाट र छलफल भएको हो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग रुष्ट बन्दै आउनुभएको र नेता नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति सभापति शेरबहादुरसहित अन्य विपक्षी दलका नेतासँग छलफलमा सहभागी हुनुभएको विषयमा नेता नेपालसँग प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीले छलफल भएको हो । तीन कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल बताइको छ ।सो क्रममा सत्तारुढ दल भएपनि नेपाल बूढानीलकण्ठस्थित देउवाको निवासमा नेपाल पुगेको बारेमा पनि छलफल भएको बताइएको छ ।

पछिल्लो समय एकीकृत समाजवादीले विपक्षी दलहरुसँगको भेटघाट र छलफललाई तीव्रता दिएको छ । उसले मधेश प्रदेश, गण्डकी र सूदुर पश्चिम प्रदेशको गठबन्धनको विषयमा काङ्ग्रेससँग छलफल बढाएको छ । मधेश प्रदेशमा काङ्ग्रे, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन बनाएर अघि बढ्ने तयारी छ । जसपा नेपालको नेतृत्वमा रहेको मधेस सरकारबाट एमाले र माओवादी केन्द्र बाहिरिता पनि एकीकृत समाजवादी सरकारमै बसिराखेको छ ।

विपक्षी दलहरूको बैठकमा सत्तासाझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहभागी हुनु र मधेश प्रदेश सरकारमा बसिरहनुलाई अर्थपूर्ण र गम्भीर रुपले हेरिएको छ ।

सिंहदरबारमा भएको तीन नेताबिचको भेट आइतबारबाट संसदमा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।