तस्वीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

सिन्धुपाल्चोक, जेठ १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो सदनमा प्रस्तुत भएको बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । सिन्धुपाल्चोकस्थित चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दावी गर्नुभएको हो ।


प्रधानमन्त्रीले हिजो सदनमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै देशको आर्थिक सुधारले गति लिने भन्नुहुँदै उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट आएको उल्लेख गर्नुभयो ।

‘गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,’ भन्नुहुँदै प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रमले बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपु¥याउने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको उल्लेख बताउनुभयो ।