फाइल तस्वीर


काठमाडौँ जेठ, १६ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज बुधबार हुँदैछ । उक्त रिटको मुद्दा न्यायाधीशद्धय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध दायर गर्नुभएको रिट दायर गर्नुभएको थियो । उक्त मुद्दाको सुनुवाई आज दोस्रो नम्बरमा पेशी तोकिएको छ।

संविधानको धारा १६८को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले आफूलाई हटाउने मुख्यमन्त्रीको कदम असंवैधानिक भएको जिकिर गरेका छन् । उक्त धारा सरकार बनाउने अन्तिम उपधारा भएको र आफूले यसअघि नै विश्वासको मत लिएकाले हटाउने निर्णय असंवैधानिक भएको जिकिर उनले गरेका छन् ।

कोशी प्रदेश सरकारको विवादमा सर्वोच्चले आज बहसको सुरुवात मात्र गर्ने सम्भावना छ । मुख्यमन्त्री कार्की र रिट निवेदक पूर्वमुख्यमन्त्री कार्कीका तर्फबाट बहस गर्ने कानुन व्यवसायी धेरै भएका कारण सो रिटको सुनुवाई लम्बिन सक्ने देखिएको छ ।