फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।


काठमाडौँ, जेठ १५ गते । सहकारीमा जम्मा भएको सर्वसाधारण नागरिकको रकम हिनामिना र ठगी भएको सम्बन्धमा अध्ययन र अनुसान्धान गर्न गठित संसदीय छानविन विशेष समितिमा रहने सदस्यहरूको नाम टुङ्गो लागेको छ । उक्त समितिको संयोजकमा एमाले सांसद सूर्यबहादुर थापालाई तोकिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकले छानविन समितिको घोषणा र समितिका सदस्यहरुको नाम अनुमोदन गरेको छ । उक्त समितिमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेपाल कम्युनिस्ट पार्टी एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाललाई पठाइको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट ध्रुवबहादुर प्रधान सदस्य रहनुभएको छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविनसमिति’ गठन गरिएको हो । समितिलाई रवि लामिछाने जोडिएका सहकारी लगायतका अन्य २९ वटा संकटग्रस्त सहकारीहरूको छानविनका लागि कार्यादेश दिइएको छ । समितिले आगामी तीन महिना भित्र प्रतिवेदन बुझाउनु पर्नेगरी समय सीमा तोकिएको छ ।