काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी वर्ष थप चार लाख ४५ हजार जनसङ्ख्यामा खानेपानीको पहुँच पु¥याउने लक्ष्यसहित खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

यसैगरी आगामी आर्थिक वर्षको लागि प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेट महिला शिक्षा तथा रोजगारी, सिप विकास कार्यक्रमका लागि उक्त बजेट खर्च गरिने सरकारले जनाएको छ ।

यसैगरी नागरिकका लागि निःशुल्क औषधि प्रदान गर्न एक अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्रीले पुनले बताउनुभएको छ ।