प्रधानमन्त्रीलाई चार बुँदै कार्यादेश बुझाउँदै कार्यदलका सदस्यहरु ।


काठमाडौँ, जेठ १५ गते । संसदीय छानविन समितिको कार्यादेश बनाउन गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चार बुँदे कार्यादेश बुझाएको छ ।

आज मङ्गलबार दिउँसो बसेको कार्यदलको बैठकले सहकारी ठगी प्रकरणमो अध्ययन अनुसन्धान गर्न गठन गर्ने छानविन संसदीय समितिको लागि चार बुँदे कार्यादेशको टुङ्गो लगाएर प्रधानमन्त्रीलाई बुझाएको हो ।

संसदीय छानविन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानविन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने जस्ता विषय कार्यादेशमा उल्लेख गरिएको छ ।

कार्यादेशमा सहकारीमा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने उल्लेख गरिएको छ ।