फाइल तस्वीर
काठमाडौँ, जेठ १५ गते । प्रतिनिधिसभाको बैठक पूर्व बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक र दिउँसो १ बजेका लागि तय भएको सङ्घीय संसदको बैठक पर धकेलिएको छ ।

सहकारीको रकम हिनामिना र ठगीको विषयलाई लिएर बन्न लागेको संसदीय छानविन समितिको क्षेत्राधिकार र कार्यादेशमा सहमति नजुटेका कारण सहमति जुटाउने प्रयासका लागि मन्त्रिपरिषद् बैठक र प्रतिनिधिसभाको बैठकको समय सारिएको हो ।

मन्त्रिपरिषदको बैठक मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे बस्ने भएको छ । यसैगरी सङ्घीय संसद्को सँयुक्त बैठक दिउँसो ३ बजेका लागि सारिएको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ लागि बजेट प्रस्तुत गरिने कार्यसूची छ ।