काठमाडौँ, जेठ १५ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज मङ्गलबार बिहान १० बजे बस्न लागेको हो ।

नेपाली काङ्ग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला काङ्ग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।