फाइल तस्वीर
काठमाडौँ, जेठ १४ गते । सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रयास सफल हुनसकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुबीचको छलफल निष्कर्षविहीन हुँदा प्रधानमन्त्रीको प्रयास सफल नभएको हो ।

प्रधानमन्त्री प्रचण्डले संसद्को गतिरोध अन्त्यका लागि नेताहरुसँग छुट्टा छुट्टै र संयुक्त रुपमा समेत छलफल गर्नुभएको थियो । काङ्ग्रेसको हठकै कारण प्रधानमन्त्रीको प्रयास विफल हुन पुगेको बताइन्छ । सहमति खोज्नको लागि भन्दै नेताहरु बैठकस्थलबाट बाहिरिनुभएको छ ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली काङ्ग्रेसका नेताहरुले आजै दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्ने र त्यसपछि पुनः सत्तापक्षसँग छलफल गर्ने भन्नुभएको छ । तर काङग्रेसका सहमहामन्त्री जीवन परियारले भने सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत अडान कायमै रहेको र यो अडानबाट काङ्ग्रेस पछि नहट्ने सङ्केत गर्नुभएको छ । काङ्ग्रेस नेताहरुको अभिव्यक्ति र व्यवहारलाई हेर्दा सदन सुचारु गर्न सहमति हुने सम्भावना न्यून रहेको नेताहरुको बुझाइ छ ।