राष्ट्रपतिद्वारा महालेखा परीक्षकको प्रतिवेदन बुझेपछिको सामुहिक तस्वीर


काठमाडौँ, जेठ १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवदेन पेश गरिएको छ । राष्ट्रपति पौडेलसमक्ष राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले प्रतिवेदन पेश गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले महालेखा परीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भए नभएको र अनियमितता वा हानीनोक्सानी भए नभएको विषयमा अझै गहन रुपले परीक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रतिवेदनमा उजागर भएका विषयले सम्बन्धित निकाय र सरोकारवालामा आर्थिक कार्यविधि एवम् वित्तीय उत्तरदायित्व प्रति सजग गराउने उल्लेख भन्नुभयो । साथै उहाँले महालेखा परीक्षकलाई संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीको परिपालनाबाट मुलुकमा आर्थिक एवम् वित्तीय जवाफदेहिता, पारदर्शीता एवम् निष्ठा अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।