फाइल तस्वीर
काठमाडौँ, जेठ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को भोलिसम्ममा अन्त्य हुने दावी गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै प्रधानमन्त्रीले यस्तो दावी गर्नुभएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको छ । प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले बिहान काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर उहाँसँग भेट गरी सहमतिको प्रयास गरेको छु । आज नभए भोलिसम्म बजेट संसद्बाटै ल्याउने गरी सहमति र समझदारी बन्ने विश्वास छ ।”

काङ्ग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानविन समिति गठनको मागका गर्दै आएको छ ।