फाइल तस्वीर
काठमाडौँ, जेठ १३ गते । प्रतिनिधिसभाको जारी बैठकबाट सरकारको नीति तथा कार्यक्रम पास भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमलाई आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकले पास गरेको हो ।

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको वेल घेराउ र नाराबाजीकोबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । काङ्ग्रेसले लामोसमयदेखि संसद अवरुद्ध गर्दै आएको छ । प्रमुख प्रतिपक्षी दलको विरोधका बावजुध पनि प्रतिनिधिसभा बहुमतबाट सरकारको नीति तथा कार्यक्रम आज पास भएको हो । प्रतिनिधिसभाको अर्को बैठक पर्सी १५ गते मङ्गलबार दिउँसोका लागि बोलाइएको छ ।

सरकारले पर्सी मङ्गलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि आय व्ययको अनुमानित बजेट सार्वजनिक गर्दैछ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि १५ गते सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको जानकारी गराउनुभएको हो । उक्त दिन सांसदहरुलाई पौने १ बजे भित्र संसद् भवनमा प्रवेश गरिसक्न अनुरोध समेत गर्नुभएको छ ।