फाइल तस्वीर
काठमाडौँ, जेठ १३ गते । प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उपप्रधान तथा गृहमन्त्रीमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठनको माग गर्दैै आज आइतबारको संसद् पनि अवरुद्ध गरेको हो ।


राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले बोलेपछि अर्थमन्त्री वर्षमान पुन सरकारको आगामी बजेटको सम्बन्धमा बोल्द जाँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले बैठक अवरुद्ध गर्दै नारावाजी गर्नुभएको छ ।