फाइल तस्वीर


काठमाडौँ, जेठ १३ गते । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बजेट अधिवेशनको रुपमा रहेको जारी प्रतिनिधिसभाको बैठक आज आइतबार बिहान ११ बजे बस्ने भएको हो ।

संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकका लागि विभिन्न १४ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यसूची अनुसार बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउनुहुनेछ ।

यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीमा रहेको छ ।

यसैगरी सांसद् प्रेम सुवालले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई अस्वीकृति गरियोग भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको छ ।

आजकै बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधनका क्रममा उल्लेख गरिएको सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री प्रचण्डले बैठकमा सांसदहरूबाट सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यसूची रहेको छ । त्यसपछि सभामुख घिमिरेले प्राप्त संशोधन र नीति तथा कार्यक्रमलाई निर्णयार्थ बैठकमा प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची

sadan