फाइल तस्वीर कार्यदलको बैठक ।


काठमाडौँ, जेठ १२ गते । सहकारीको रकम हिनामिना सम्बन्धमा संसदीय छानविन समितिको लागि क्षेत्राधिकारसहितको कार्यादेशलाई अन्तिम निष्कर्षमा टुङ्ग्याउन बसेको कार्यदलको बैठक निष्कर्षविहिन सकिएको छ । आज शनिबार अपरान्ह सिंहदरवारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सहमति जुट्न नसकेपछि छलफल व्यर्थहिन भएको हो ।

यद्यपि, बैठक सहिए तगतै कानुन मन्त्री पद्म गिरीले छलफलको निष्कर्ष नजिक नजिक पुगेता पनि सहमति भइनसकेको बताउनुभयो । कार्यदलका सदस्यहरुले आजै साँझ शीर्ष नेताहरुलाई बैठकमा भएका छलफलहरुको बारेमा अवगत गराउने र प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने शीर्ष नेताहरुसहितको बैठकले अन्तिम टुङ्गो लगाउने बताइएको छ ।