तस्वीरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एम्नेस्टी इन्टरनेसनलका महासचिव डा अग्नेज कल्लामाड ।


काठमाडौँ, जेठ ११ गते । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनु भएकी एम्नेस्टी इन्टरनेसनलका महासचिव डा अग्नेज कल्लामार्डले भेट गर्नु भएको छ ।

देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा उहाँहरूबीच सङ्क्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारलगायत समसामयिक विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।