फाइल तस्वीर
काठमाडौँ, जेठ ११ गते । राष्ट्रिय अनुसन्धान विभागले रिक्त रहेका विभिन्न पदका २ सय ५२ पदमा दरखास्त आह्वान गरेको छ । विभागले आज शुक्रबार एक सूचना जारी गर्दै विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो ।

विभागले सहायक सूचक पदमा २ सय ३४ जना, सुरक्षा गार्डमा १६ जना तथा परिचरमा २ जनाका लागि दरखास्त आह्वान गरिएको जनाएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि एक महिनाभित्र दरखास्त दिन सकिने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने छ । त्यसैगरी सुरक्षागार्ड र परिचरका लागि तोकिएकै स्थानमा पुगेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।