काठमाडौँ, जेठ १० गते । सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिको टीओआर (कार्यादेश) मा सहमति जुटाउनेगरी बसेको बैठक विना निष्कर्ष टुङ्गिएको छ । आज बिहीबार अपहन्न सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुटाउन अधिकतम प्रयास गरे पनि सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन भएको हो ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, टीओआरबाट थप छलफलका लागि भोली शुक्रबार बिहान ८ः३० बजे पुनः बैठक बस्ने गरी आजको बैठक सकिएको छ । काङ्ग्रेसले सहकारीहरूको रकम अपचलन तथा हिनामिनामा प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै छानबिन समितिको माग राख्दै आएको छ ।