फाइल तस्वीर

काठमाडौँ, जेठ १० गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने बताएको छ । पार्टीको आज बिहीबार बसेको सचिवालय बैठकले संसदको गतिरोध अन्त्यका निम्ति प्रतिपक्ष नेपाली काङ्ग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने निर्णय गरेको हो ।


पार्टी उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार सचिवालय बैठकले पार्टीको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज जेठ १५ गते ७७ वटै जिल्लामा पठाउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीले १० औँ राष्ट्रिय महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने तय गरेको छ ।