काठमाडौँ, जेठ ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले समृद्धि, दिगो विकास र क्षेत्रीय स्थायित्वको साझा आकाङ्क्षाका रुपमा बिम्स्टेक रहेको बताउनुभयो । उहाँले बिम्स्टेक क्षेत्रमा हिमाली भेगदेखि समुद्री तटसम्मका मुुलुक रहेका बताउँदै आपसी सहयोगका साथै अन्य सहकार्यका विषयसँगै जलवायु परिवर्तनका असर कम गर्न साझेदारी आवश्यक भएको बताउनुभयो । 

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असर कम गर्न हिमाललगायत पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।