काठमाडौँ, जेठ ८ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाउनुभएको छ । आज मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रमको प्रति टेबल गर्न अनुमति दिनुभएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका बेला मर्याैदापालकलाई सभामुखले सुरक्षा प्रदानका लागि निर्देशन दिनुभएपछि रोष्ट्रममा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभएको हो ।

प्रधानमन्त्रीले टेबल गर्नुभएको प्रति निर्णयार्थ पेस गर्नुका साथै राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पनि निर्णयार्थ पेस गर्दै सर्वसम्मतीले पारित भएको जानकारी सदनलाई गराउनुभएको छ ।