काठमाडौँ, जेठ ८ गते । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक सङ्घीय संसद् भवन

आजको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रबारे जानकारी गराउनुहुने कार्यसूची रहेको छ । साथै अध्यक्ष दाहालले मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको व्यहोरा जानकारी गराउनुहुने, विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नुहुने कार्यसूचीमा उल्लेख छ ।

त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले जेठ १ गते राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी राष्ट्रियसभा अध्यक्ष दाहालले राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

त्यसैगरी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० पेस गर्नुहुने कार्यसूचीमा उल्लेख छ ।

त्यसैगरी विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार , २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

तर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाउनुपर्ने भन्दै संसद्का दुवै सदनमा अवरोध गर्दै आएकोले आज बस्ने बैठक पनि चल्न नदिने अडानमा काङ्ग्रेस रहेकोले बैठक अवरुद्ध हुने सम्भावना प्रवल छ ।

r4565