काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक ।
काठमाडौँ, जेठ ७ गते — प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसले संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्न नदिने भएको छ । सरकारले उपप्रधान तथा गृहमन्त्री रवि छामिछानेको संलग्नतासहितको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबनाउँदासम्म संसदनमा आगामी आ.व.को बजेट प्रस्तुत गर्न नदिने बताएको हो ।

नेपाली काङ्ग्रेस सहितको विक्षी दलहरुको आज बसेको बैठक पछि पत्रकार सम्मेलन गर्दै उक्त पार्टीको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विपक्षीले उठाएको माग सम्बोधन नभए बजेट प्रस्तुत गर्दा पनि प्रतिरोध हुने बताउनुभयो ।

संविधानले निर्दिष्ठ गरेअनुसार सरकारले आगामी १५ गते मङ्गलबार संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट पेश गर्दैछ । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सचेतक लेखकले सरकारले आफ्नो माग सम्बोधन नगरी पेलेर जान खोजे उक्त दिन पनि संसद् अवरुद्ध गर्ने चेतावनी दिनुभयो । नेता लेखकले भन्नुभयो ‘सरकारले बहुमतको दम्भ देखाएर प्रतिपक्षलाई बोल्न नदिने किसिमले अगाडि बढ्यो भने त्यसको प्रतिरोध हुन्छ, बजेट प्रस्तुत गर्ने दिन पनि संसद् अवरोध हुन्छ । ’

सरकारले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गरेर हाम्रो माग सम्बोधन गरेमा संसद सहज ढङ्गले सञ्चालन हुने अन्यथा संसद् अवरोध गर्ने चेतावनी दिनुभयो ।