फाइल तस्वीर
काठमाडौँ, जेठ ७ गते । प्रमुख प्रतिपक्षी दलको विरोधका बावजुद पनि प्रतिनिधिसभाको आज सोमबार बसेको बैठकमा प्रधानमन्न्त्रीले विश्वासको मत लिनुभएसँगै बैठक स्थगित भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत पाएको घोषणा गरे लगतै आजको बैठकको सबै कार्यसूची हटाइ भोलिसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि मङ्गलबार बिहान ११ः१५ बजे बस्ने गरी आजको बैठक स्थगित भएको छ ।

यसैबीच प्रतिनिधिसभाको बैठक स्थगित भएपछि प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेससहितका विपक्षी दलको बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा रहेको प्रमुख विपक्षी दलका नेताको कार्यकक्षमा बसेको छ ।
सो बैठकपछि काङ्ग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले आजै पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।