काठमाडौँ, जेठ ६ गते । प्रतिनिधिसभा बैठक भोली बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित गरिएको हो ।

यसअघि गृहमन्त्रीलाई संसद्मा बोल्नबाट प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरोध गर्दै आएको थियो । काङ्ग्रेसले गृहमन्त्री लामिछानेको कुरा सुन्ने निर्णय गरेसँगै संसद सुचारु भएको र बैठकमा गृहमन्त्रीले आफ्नो कुरा राख्नुभएको हो ।
भोली सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुहुने कार्यसूची रहेको छ ।