फाइल तस्वीर
काठमाडौँ जेठ ६ गते । राष्ट्रियसभाको बैठक आज पनि स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी गराएको हो ।

राष्ट्रियसभाको अर्को बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको निरन्तर अवरोधका कारण अवरुद्ध हुँदै आएको संसद बैठक राजनीतिक तहमा सहमति हुन नसकेपछि आज पनि स्थगित हुन पुगेको छ ।

संसद सचिवालयद्वारा सूचना अनुसार राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबारको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।

सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति बनाउन सत्ता र प्रतिपक्षबीच सहमति भए पनि कार्यादेशका विषयमा विवाद भएपछि प्रतिनिधि सभाको बैठक पनि अनिश्चित भएको छ ।

बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न नसकेपछि दिउँसो २ बजेका लागि तोकिएको थियो । अहिलेसम्म दलहरुबीच सहमति जुट्न नसकोले प्रतिनिधिसभाको बैठक बस्ने नबस्ने बारेमा टुङ्गो लागिसकेको छैन ।
राष्ट्रियसभाको बैठक भोलि सोमबार दिउँसो १ः१५ बजेका लागि तय गरिएको छ।