काठमाडौँ, जेठ ६ गते । राष्ट्रियसभाको बैठक समय सरेको छ । आइतबार बिहान बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार दिउँसो सवा एक बजेका लागि तय भएको बैठक दुई घण्टा पछि बस्नेगरी अहिले दिउँसो ३ः१५ बजेका लागि सारेको हो ।
राष्ट्रियसभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । सो बैठकमा विपक्षी दलहरूले अवरोध कायम राख्ने बताएसँगै राष्ट्रियसभा बैठक पनि स्थगित भएको हो ।

यसअघि प्रतिनिधिसभाको ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि सारिएको छ । सहकारीको रकम हिनामिनाबारे संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमत भए पनि त्यसको कार्यादेशमा सहमति जुट्न ढिलाइ हुँदा संसद् बैठक प्रभावित हुन गएको हो । कार्यदल स्तरमा कार्यादेशबारे सहमति जुटाउन नेताहरूबिच छलफल जारी छ ।

राष्ट्रिय सभा बैठक पनि सर्‍यो