काठमाडौँ, जेठ ६ गते । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेको सचिवालयले जनाए अनुसार आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको हो ।

आइतबारको बैठक अवरुद्ध नहुने गरी शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमति जुटेको थियो । तर नेपाली काङ्ग्रेसले माग गर्दै आएको संसदीय दलको समितिको टीओआरमा सहमति जुट्न नसक्दा पुनः संसद् बैठक अन्योलमा परेको हो ।