काठमाडौँ, जेठ ६ गते । सहकारी अपचलनको विषयमा संसदीय छानविन समितिको कार्यादेश टुङ्गो लगाउन दलहरूको बैठक बस्दै छ । सत्ता साझेदार दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार अहिले बिहान साढे ८ बजे कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्न लागेको हो ।

सत्ता र प्रतिपक्ष दलहरूको शनिवार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएपछि समितिको प्रतिवेदनमा उल्लेख हुने कार्यादेशबारे दलहरू आज बिहानैदेखि गृहकार्यमा जुट्न लागेका हुन् ।

कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उक्त समितिमा काङ्ग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहनुभएको छ ।