फाइल तस्वीर

काठमाडौँ, जेठ ६ गते । सङ्घीय संसद्का‍ दुवै सदनको बैठक आज बस्ने भएको छ । बैठक नयाँ बानेश्वरस्थित सङघीय संसद् भवनमा बस्ने भएको हो ।

सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज आइतबार बिहान ११ बजेका बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।
सहकारीको रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै काङ्ग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेर यसअघिका संसद् लगातार अवरुद्ध गर्दै आएको थियो । प्रमुख दलहरु सहमतिको नजिक पुगेकाले आजको बैठक अवरुद्ध नहुने सम्भावना छ ।

त्यसैगरी राष्ट्रियसभा बैठक पनि आज बस्दै छ । बैठक आज दिउँसो सवा १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुने कार्यसूची रहेको छ । अध्यक्षले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नुहुने कार्यसूची रहेको छ ।

राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।

त्यसैगरी सञ्चारमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक र विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले सुरक्षित कारोबारसम्बन्धी प्रतिवेदन सभामा पेस गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

rrrr