काठमाडौँ, जेठ ४ गते । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधपछि स्थगित भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ काङ्ग्रेसका सांसदहरु आ–आफ्नो आसनबाट उठ्नुभएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक आगामी जेठ ६ गते आइतबार दिउँसो १.१५ बजे बस्ने गरी स्थगित गर्नुभएको हो ।

 काङ्ग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर  राष्ट्रियसभाको बैठक अवरोध गर्दै आएको छ ।